Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रज्ञा प्रतिष्ठानमा भदौ १५ गते रायमाझीकाे एकल साझ हुने


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 1,839
    SHARES

  • images
    प्रज्ञा प्रतिष्ठानमा भदौ १५ गते रायमाझीकाे एकल साझ हुने

    काठमाडौं । यही भदौ १५ गते नेपाल प्रज्ञा-प्रतिष्ठान, प्रज्ञा भवनमा नारायण रायमाझी सांगीतिक साँझ हुने भएको हो । दिउँसो १ बजेदेखि ७ बजेसम्म कार्यक्रम हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ ।

    images
    images
    images

    आज पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले कार्यक्रमबारे औपचारिक जानकारी दिएको हो । २०७९ साल फागुन १२, १३ र १४ गते धादिङमा सम्पन्न आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले सांगीतिक साँझ कार्यक्रम आयोजना गर्ने निणर्य गरेको थियो ।

    एकल साँझमा लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष गाउने छन् । कार्यक्रममा देशभरका कलाकार तथा कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ ।

    रायमाझीले निर्देशन गरेको चलचित्र परदेशी-२ को प्रचार-प्रसार सोही दिनदेखि सुरु हुने जनाइएको छ । लोक तथा लोकदोहोरी गीत लोक जीवनलाई प्रतिबिम्वित गरी त्यसलाई पुस्तौँपुस्ता जीवन्त राख्ने उच्चतम र मौलिक अभिव्यक्ति भएको भन्दै यसलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ ।

    लोक संगीतको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले २०५८ सालमा स्थापना भएको प्रतिष्ठानमा हाल ७७ जिल्लास्तरीय समिति तथा ९ देशमा आफ्ना शाखा समिति रहेका छन् ।

    औपचारिक रूपमा वि.सं. २०४२ सालमा कारगिल रेलिमै बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका उनका फुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दीपुल तर्ने, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत दर्जनौं लोकप्रिय गीत छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ