Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुर्खेत-२ मा कांग्रेसका थानी विजयी


ग्लोबल पाना
बुधबार, मंसिर ७ २०७९
  • 218
    SHARES

  • images
    सुर्खेत-२  मा कांग्रेसका थानी विजयी

    सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । उहाँ ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरेका छन् । थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका छन् ।

    images
    images
    images

    थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । विसं २०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गरेका थिए । थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेका थिए । 

    सुर्खेत १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता

    नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्काले सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिएका छन् । सुर्खेत-१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गरेका छन् ।

    यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ पनि लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गरेका छन् भने  एमालेका ठम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गरेका छन् । 

    प्रदेशसभा (२)बाट लोकतान्त्रिक-वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि  छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले एक हजार एक सय ७८ मत प्राप्त गरेका छन् भने एमालेका डण्डीप्रसाद शर्माले नौ सय २९ मत प्राप्त गरेका छन् ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ