Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

“नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ - २०८०” भब्य रुपमा सम्पन्न


ग्लोबल पाना
शनिबार, भदौ १६ २०८०
  • 392
    SHARES

  • images
    “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ - २०८०” भब्य रुपमा सम्पन्न

    काठमाडौं । “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ - २०८०” राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता र  संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको थियो । 

    स्रष्टा नारायण रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, संगीतमा साधनारत छन्। गीत संगीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोक सङ्गीतका क्षेत्रमा समर्पित बरिष्ठ कलाकारका रुपमा लिइन्छ।

    साथै रायमाझीलाई कलाकारहरुको पनि कलाकार र कलाकारहरुको अभिभावकको रुपमा पनि लिईने गरिन्छ ।  रायमाझी  सूर्य बहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तान हुन् । उनी बि.सं.२०२० सालमा पाल्पाको झडेवामा जन्मिएका हुन् ।

    एकल साँझमा रायमाझीले आफ्ना चर्चित गीतहरु सम्झी रेलिमै, फुलबुट्टे चोलीमा, राम्दीपुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायत प्रस्तुत गरे ।नारायण रायमाझीद्धारा निर्देशित चलचित्रहरु गार्खा पल्टन, परदेशीले अत्याधिक चर्चा बटुल्न सफल भएका छन् भने परदेशी २ कात्तिक ३ गते प्रदर्शन हुँदै छ ।

    यस औपचारिक कार्यक्रमको सञ्चालन कार्यबाहक महासचिव शिरिष देबकोटाले गरेका थिए भने सांगीतिक साँझमा रमेश बिजी, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रकाश सपुत लगायत अन्य ब्यक्तिहरुले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

    त्यस्तै, कार्यक्रमको संयोजकको रुपमा केन्द्रिय उपाध्यक्ष रमेशराज भट्टराई र बाध्यबादकको संयोजकको रुपमा बरिष्ठ संगीतकार बिबि अनुरागी रहेका थिए ।

    कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व केन्द्रिय अध्यक्ष प्रजापती पराजुली, पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, पुर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपाने, पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, पुर्व केन्द्रिय अध्यक्ष बद्री पंगेनी, निवर्तमान अध्यक्ष रमेश बिजी, नेपाल टेलिकमका ब्यापारिक प्रमुख संगीता पहाडी, पुर्व मन्त्री प्रदिप ज्ञवाली, संबिधान सभा सदस्य सोम प्रसाद पाण्डे, संबिधान सभा सदस्य छिरिङ लामा, बरिष्ठ कलाकार निर शाह लगायत थुप्रै चर्चित कलाकारहरु, समाजसेबीहरु, पत्रकारहरु र संगीतप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    कार्यक्रममा चर्चित कलाकारहरु राधिका हमाल, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र बिश्वकर्मा, राजु गुरुङ, कृष्ण रेउले, टिका पुन, बाल कलाकार सुप्रिम मल्ल, बाल कलाकार पुजा देबकोटा लगायत कलाकारहरुले प्रस्तुतीमा सघाएका थिए ।

    यस कार्यक्रम एकल साँझको प्रायोजकमा नेपाल टेलिकम रहेकाे थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ