Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्मार्टफोन सामसङले नेपालमा फाइभजी प्रविधि सुरू गर्ने


ग्लोबल पाना
शुक्रबार, भदौ २२ २०८०
  • 344
    SHARES

  • images
    स्मार्टफोन सामसङले नेपालमा फाइभजी प्रविधि सुरू गर्ने

    काठमाडौं । लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङले नेपालमा फाइभजी प्रविधि सुरू गर्ने तयारी गरेको छ । नेपालमा नेपाल टेलिकम र एनसेलका विभिन्न ब्रान्ड र फ्रिक्वेन्सी सञ्चालित छन् । नेपालमा टुजी, थ्रिजी, फोरजीका सबै व्यान्ड र नेपाल टेलिकमको भोल्टेसँग समर्थित रहेको सामसङले जनाएको छ ।

    images
    images
    images

    नेपालका टेलिकमले फाइभजी नेटवर्क सुरू गर्ने दिशामा कार्य गरिरहेकोमा देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकहरूले यो प्रविधिको व्यावसायीकरण गरेसँगै प्रयोगकर्ताहरूले आफ्नो फाइभजीको लागि तयार रहेको उपकरणहरूमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्ने सामसङले विश्वास लिएको छ ।

    सामसङले सन् २०२१ देखि नै फाइभजीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोनहरु उपलब्ध गराउँदै आइरहेको छ । देशमा फाइभजी प्रविधि भित्र्याउने सन्दर्भमा यी दुवै टेलिकम सञ्चालकहरुसँग निरन्तर काम गर्दै आइरहेको छ ।

    कम्पनीले भर्खरैमात्र उनीहरुको अत्यन्त सुलभ मूल्यको फाइभजी स्मार्टफोन सामसङ ग्यालेक्सी एम १४ फाइभजी बजारमा उपलब्ध पनि गराइसकेको छ । सामसङले हालैमात्र फाइभजीको लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्णरूपमा तयार रहेको र यी उपकरणहरुमा रहेको फाइभजी सुचारू गर्न नेटवर्क सञ्चालकहरूले फाइभजी सुरू गर्ने दिनको पर्खाइमा रहेको जानकारी गराएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ