Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली


ग्लोबल पाना
शुक्रबार, मंसिर ९ २०७९
  • 218
    SHARES

  • images
    जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यमा झापा-५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

    images
    images
    images

    उनले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो । अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरे ।

    उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाएपनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे । क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उनी सिमावर्ती गौरीगञ्ज सम्म पुगेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ