Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तीन जिल्लाको मतगणनाबारे छिट्टै निणर्य हुन्छ : प्रवक्ता शर्मा


ग्लोबल पाना
आइतबार, मंसिर ११ २०७९
  • 249
    SHARES

  • images
    तीन जिल्लाको मतगणनाबारे छिट्टै निणर्य हुन्छ : प्रवक्ता शर्मा

    काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निणर्य लिने जानकारी दिएको छ । आयोगले तीन जिल्लामा अध्ययनका लागि टोली पठाएको र टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि निणर्य लिएर अघि बढ्ने बताएको हो ।

    images
    images
    images

    “दोलखा, बाजुरा र स्याङ्जाको हकमा आयोगले छिट्टै निणर्य गर्छ, त्यसका लागि केही आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ”, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “यी क्षेत्रमा अध्ययनका लागि आयोगले टोली खटाएको छ, टोलीको प्रतिवेदनपछि आयोगले निणर्य गर्छ ।”

    दोखला र स्याङ्जामा राजनीतिक दलबीचको विवादका कारण मतगणना सुरु हुन सकेको छैन भने बाजुराको बूढीनन्दा नगरपालिका-५ मा शनिबार पुनःमतदान भए पनि राजनीतिक दलबीच विवाद कायमै रहँदा मतगणना सुरु हुन नसकेको हो । आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको नतिजा आइसकेको छ । यी तीन निर्वाचन क्षेत्रबाहेक पाँच क्षेत्रमा भने मतगणना जारी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ