Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला


ग्लोबल पाना
आइतबार, मंसिर ११ २०७९
  • 209
    SHARES

  • images
    अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए ।

    images
    images
    images

    “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ”, उनले भने, “जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।” मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेको उहाँको भनाइ छ ।

    “पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न सकिँदैन”, उनले भने, “यसतर्फ पनि सोच्ने बेला आएको छ ।” निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएकाले आफू राजनीतिमा सक्रिय रहने समेत उनले स्पष्ट पारे । उनले निर्वाचनको अन्तिम परिणामसँगै सत्ता गठबन्धनले आगामी पाँच वर्ष प्रतिगमनविरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ