Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

झापामा बढ्यो धानको उत्पादकत्व


ग्लोबल पाना
सोमबार, मंसिर १२ २०७९
  • 236
    SHARES

  • images
    झापामा बढ्यो धानको उत्पादकत्व

    झापा । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए ।

    images
    images
    images

    आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो । गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू-खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए ।

    त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ