Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ’


ग्लोबल पाना
सोमबार, मंसिर १२ २०७९
  • 277
    SHARES

  • images
    ‘निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ’

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित प्रतिनिधि सबैका साझा बन्नुपर्ने स्थानीय बताउँछन् । स्थानीय झरना रिमाल भन्नुहुन्छ, “निर्वाचनका बेला गाउँमा भएको चहलपहलको प्रभाव हट्न महिनौँ लाग्छ । जितेका पार्टीका दलका कार्यकर्ताको तडकभडक गाउँमा अरुलाई पीडा दिने खालको हुनुहुँदैन ।

    images
    images
    images

    निर्वाचित भइसकेपछि त सबैको साझा बन्नुपर्छ ।” टीकापुर-३ शङ्करपुरकी केशरा जिसीले निर्वाचित प्रतिनिधिले सबैका समस्यालाई समानरुपले बुझ्न र सबैलाई समान व्यवहार गर्न आग्रह गरे । टीकापुर नगरपालिका-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार जित्ने उम्मेदवार जितिसकेपछि सबैको साझा व्यक्ति हो । त्यसैले विजयी हुने उम्मेदवारले सार्वजनिक कार्यक्रममा होस्या अन्य भेटघाटमा,सबैलाई समान व्यहावहार गर्नुपर्ने र विपक्षी पार्टीप्रति आस्था बोकेका नागरिकलाई त्यस्तो अनुभूति हुने कुनै गतिविधि गर्न नहुने बताउछन् ।

    “मैले निर्वाचनपछि जिम्मेवारीका हिसाबले सबैलाई समान व्यवहार गरिरहेको छु । निर्वाचन सकिएपछि म सबैको वडाध्यक्ष हो भन्ने ध्यानमा राखेको छु”, उनी भन्छन्, “सेवा प्रभाव, अवसरजस्ता कुरामा सबैलाई समान दृष्टिले हेर्ने गरिएको छ । यो सबैले गर्नुपर्छ ।” स्थानीय तहको निर्वाचनका बेला आफू विजयी भइसकेपछि नागरिकको साझा उम्मेदवार बनाउने प्रयास गर्दा सबै नागरिकका गुनासा समानरुपले लिने गरेको टीकापुर नगरपालिका-३ का वडाध्यक्ष ऋषि श्रीपाइली बताउछन् ।

    “सकेसम्म सबैलाई हाम्रो जनप्रतिनिधि हो भन्ने अनुभूति दिलाउन आफूले आफ्ना हरेक गतिविधिमा सुधार गर्दै लगेको छु”, उनी भन्छन्, “फलानो पार्टीको वडाध्यक्ष भएर हामीले सेवा पाएनौँ भनी गुनासो नआओस् भन्नेमा सचेत छु ।” नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई प्रतिनिधि सबैको साझा हो । साझा बन्नुपर्ने कर्तव्य भएको बताउछन् । उनी भन्छन्, “तर त्यसो गरेको कम देखिन्छ । कतै न कतै दलसँगको झुकाव देखिन्छ । निर्वाचित भएकाले यस्ता कुरामा ध्यान दिनुपर्छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ