Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल टेलिकमले ल्यायाे चाडपर्व अफर


ग्लोबल पाना
सोमबार, असोज २९ २०८०
  • 333
    SHARES

  • images
    नेपाल टेलिकमले ल्यायाे चाडपर्व अफर

    काठमाडाैं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउनेछ।

    images
    images
    images

    यो अफर आजदेखि कात्तिक १० गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ। सजिलो अनलिमिटेड ११९९ प्याकेजः यसअघि एक हजार ४९९ रुपैयाँ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि एक हजार १९९ रुपैयाँमा उपलब्ध हुनेछ। यस अफरअन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जिबी डाटा उपलब्ध हुनेछ। यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइनेछ।

    पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ। आजदेखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने टेलिकमले बताएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ