Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सर्वाधिक कर तिर्ने करदाता सम्मानित, संस्थागततर्फ नेपाल टेलिकम


ग्लोबल पाना
शनिबार, मंसिर ९ २०८०
  • 483
    SHARES

  • images
    सर्वाधिक कर तिर्ने करदाता सम्मानित, संस्थागततर्फ नेपाल टेलिकम

    काठमाडाैं । सर्वाधिक कर तिर्ने करदातालाई सरकारले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गर्नुभयो । राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रमको अवसरमा करदातालाई सम्मान गरिएको हो ।

    images
    images
    images

    आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । व्यक्तिगत आयबाट सबैभन्दा धेरै कर तिर्ने उद्यमीका रुपमा विजयबहादुर शाह सम्मानित हुनुभएको छ । उहाँ हिमालयन डिस्टिलरी लिमिटेडका संस्थापक हुनुहुन्छ । संस्थागततर्फ सबैभन्दा बढी आय कर नेपाल टेलिकमले तिरेको छ । सरकारी स्वामित्वको टेलिकमलाई पनि सम्मान गरिएको छ ।

    त्यसैगरी वित्तीय संस्थाका तर्फबाट सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई पनि सम्मान गरिएको छ । रेमिट्यान्स कम्पनीमा आईएमईले सर्वाधिक कर तिरेकोमा सम्मानित भएको छ । सबैभन्दा धेरै निर्यात कारोबार गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्ट्स, कृषि एवम् पशुबाट ओसीबी फुड्स एण्ड फिट्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्थाले उत्कृष्ट करदाताको सम्मान पाएका छन् ।

    बीमा व्यवसायमा लाइफ इन्स्याेरेन्स कर्पोरेसन, स्वास्थ तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारको कारोबार भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको छ । मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज रहेको छ ।

    आयकर, मूल्य अभिवृद्धि करसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) तर्फ सूर्य नेपाल प्रालि यी दुई विधामा सम्मानित भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ