Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सर्लाहीवाट महिलाको सहभागिता न्यून


ग्लोबल पाना
मंगलबार, मंसिर १३ २०७९
  • 230
    SHARES

  • images
    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सर्लाहीवाट महिलाको सहभागिता न्यून

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा-२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा-१ मा एक, प्रदेशसभा-२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा-१ मा एक र प्रदेशसभा-२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा-२ बाट वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन् ।

    images
    images
    images

    उनले नेकपा (एमाले)की उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी हुन् । जिल्लाको क्षेत्र नं १ प्रदेशसभा-२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गरेका थिए । “निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ”, महिला अधिकारकर्मी अम्बिका राउतले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ