Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गता भएका महिलाको न्याय, नीतिगत सवाल र न्यायका विषयमा कार्यशाला गोष्ठी


ग्लोबल पाना
बुधबार, मंसिर २० २०८०
  • 306
    SHARES

  • images
    अपाङ्गता भएका महिलाको न्याय, नीतिगत सवाल र न्यायका विषयमा कार्यशाला गोष्ठी

    ✍️शर्मिला विश्वकर्मा

    images
    images
    images

    ललितपुर । Disability Rights Fund को सहयोग र अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले नेपाल नेत्रहीन संघ, श्रवणदृष्टिहीन अभिभावक संघ, राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजनामा हिजो मंसिर १९ गते मंगलबार ललितपुरमा अपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

    अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संबैधानिक निकाय, स्थानीय निकाय, कानुनी निकाय र अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागीतामा आयोजना गरिएको सो कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको अवस्था र सवालहरूमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।

    यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि समाजमा विभिन्न अवरोधहरू रहेको र यसलाई हटाउनका लागि भएका विभेदकारी नीति नियमहरूलाई संशोधन गर्नु पर्ने, न्यायिक कार्य विधिमा सहयोगी सहितको निर्णय पद्धति लागु गरिनु पर्ने भन्दै यस कार्यक्रमबाट आएको सुझावहरूका आधारमा अवधारणा पत्र तयार गरी वकालत तथा पैरवी गर्ने पनि बताउनु भयो ।

    त्यसै गरी काठमाडौँ ल क्याम्पसका सह(प्राध्यापक एवं अधिवक्ता कपिल अर्यालले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच अभिवृद्धिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले प्रस्तुतीकरणका क्रममा अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरूमा कानुनी नीतिगत, मनोवृत्तिगत, सूचना तथा सञ्चार, भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक लगायतका अवरोधहरू रहेको बताउनु भएको थियो ।

    यस कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रहरी नायब उपरीक्षक रुपा थापाले नेपाल प्रहरीका कार्यहरूलाई अपाङ्गता मैत्री तथा पहुँचयुक्त बनाउन पहल गर्ने आगामी आर्थिक वर्षमा विभिन्न हिंसामा परेका अपाङ्गता भएका महिलाहरूको तथ्याङ्क उपलब्ध गराउने पनि बताउनु भयो ।

    कार्यक्रममा कानुनी निकाय, स्थानीय निकाय, कानुनी निकायहरूले अपाङ्गता भएका व्यक्तिहरूको सवालहरूलाई संवोधन गर्न, अधिकार सुनिश्चित गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ