Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सुकुम्बासी समस्या समाधान बल प्रयोगबाट हुन्न :अध्यक्ष ओली


ग्लोबल पाना
मंगलबार, मंसिर १३ २०७९
  • 270
    SHARES

  • images
    सुकुम्बासी समस्या समाधान बल प्रयोगबाट हुन्न :अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गरेका हुन् ।

    images
    images
    images

    उनले सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगका माध्यमबाट समस्याको समाधान गरेर लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न र गरिबलाई राहत दिन माग गरे । अध्यक्ष ओलीले मङ्सिर ४ गते भएको निर्वाचनमा सत्ता पक्षबाट बुथ कब्जा र कर्मचारीको दुरुपयोगका घटना भएकाले आफ्नो पार्टीले सोचे जति मत ल्याउन नसकेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ