Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एकै घरका दुई दाजुभाई प्रदेशसभा सदस्यमा निर्वाचित


ग्लोबल पाना
मंगलबार, मंसिर १३ २०७९
  • 238
    SHARES

  • images
    एकै घरका दुई दाजुभाई प्रदेशसभा सदस्यमा निर्वाचित

    काठमाडौं । एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् । पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित भएका छन् ।

    images
    images
    images

    भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिक क्षेत्रमा अगाडि बढेका छन् भने राजुप्रसादले रामपुरमै रहेर राजनीति गर्ने क्रममा यस पटक प्रदेशसभा सदस्यमा जित हासिल गरेका छन् । राजुप्रसाद प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार छ सय ४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य बनेका छन् । प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ । भोजप्रसाद २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा समेत रहेर काम गरे ।

    नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कूल खसेको मतमध्ये १६ हजार तीन सय मतसहित विजयी बनेका हुन् । प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाएका छन् । स्व पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजप्रसाद कान्छो सन्तान हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ