Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

BYD द्वारा नेपाल भर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा 11 DC चार्जरको जडान 


ग्लोबल पाना
मंगलबार, मंसिर २६ २०८०
  • 376
    SHARES

  • images
    BYD द्वारा नेपाल भर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा 11 DC चार्जरको जडान 

    काठमाडौं । BYD Auto Industry Co. Ltd. को नेपालका लागि आधिकारिक वितरक Cimex Inc. Pvt. Ltd.ले देशका मुख्य मुख्य स्थानहरुमा ११ DC फास्ट चार्जर जडान गरि बिद्ध्युतीय साधनको क्षेत्रमा महत्वपूणर् मार्गचित्र कोर्न सफल भएको छ। नयाँ जडित DC फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ।

    images
    images
    images

    यी चार्जर हरु मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित छ। यसरी,  Cimex  द्वारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ। 

    चर्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छन्? र, तिनको सम्पर्क नम्वरका लागि  Cimex को अधिकारिक वेबसाइट http://cimex.com.np/charging–stations मा गएर हेर्न सकिनेछ । बिद्ध्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै, Cimex ले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ।

    साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ DC फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने छन्। BYD ATTO 3 का लागि ८८ किलोवाट सम्मको DC फास्ट चार्जिङ्गको प्रयोग गर्न सकिन्छ भने BYD Dolphin मा ६० किलोवाट सम्मको चार्ज दिन सकिन्छ। यसले ३० देखि  ४५ मिनेटमा BYD बिद्ध्युतिय साधनहरुलाइ ८०% सम्म चार्ज गर्न सकिनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ