Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भृकुटीमण्डपमा पुस ५ गतेदेखि फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 572
    SHARES

  • images
    भृकुटीमण्डपमा पुस ५ गतेदेखि फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

    काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको आयोजनामा चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ ।

    images
    images
    images

    नेपाल फाईभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउमा ल्याएर व्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उद्योग-व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।

    स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधिले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकले जनाएको छ ।

    उक्त प्रदर्शनी मार्फत ति पाँच विधामा संचालन भएका उधोग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उद्योगहरु बिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

    यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ