Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कोरोनाको सबभेरिएन्टबारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह


ग्लोबल पाना
सोमबार, पुस २ २०८०
  • 515
    SHARES

  • images
    कोरोनाको सबभेरिएन्टबारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बारे सजग रहन अनुरोध गरेको छ । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । सबै सदस्य राष्ट्रहरूले यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न आग्रह गरिएको छ ।

    images
    images
    images

    डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेकी हुन् । उनले त्यस भिडियोमा श्वासप्रश्वाससम्बन्धी रोग सर्ने कारणहरू बताउनुका साथै त्यसबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्ने जानकारी पनि दिएकी छिन् । मारिया भान केरखोभले सेयर गरेको पोस्टमा विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगहरू निरन्तर बढिरहेको बताएकी छन् ।

    जसमा कोरोना भाइरल, फ्लू, राइनो भाइरस, माइकोप्लाज्मा निमोनिया र अन्य रोगहरू पर्छन् । सार्स कोभ २ले आफूलाई निरन्तर परिवर्तन गरिरहेको छ । कोरोनाको सबवेरियन्ट जेएन वान पनि फैलिरहेको छ । जाडो मौसममा मानिसहरु घरभित्रै बढी समय बिताउने केरखोवेले बताइन् ।

    यस्तो अवस्थामा घरमा भेन्टिलेसनको अभाव भएमा रोग फैलने खतरा रहेकाले यसतर्फ पनि आमा मानिसलाई ध्यान दिन आग्रह गरिन् । अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन १ बाट भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियमहरू लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ