Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरु


ग्लोबल पाना
बुधबार, मंसिर १४ २०७९
  • 274
    SHARES

  • images
    निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरु

    कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

    images
    images
    images

    “३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम सुरु भइरहेको निर्माण छ”, उनले भने, “लामो समयदेखि काम नहुँदा अन्योलमा रहेको विमानस्थलले पछिल्लो समय गति लिन थालेको छ ।” विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम ढिलाइ भएको नरहरिनाथ -१ कोटवाडाका स्थानीय बलिराज विष्टले बताए । “कालोपत्रको काम सुरु भएपछि अब विमान चढ्न पाउने धोका पूरा होला जस्तो भएको छ”, उनले भने, “विमानस्थलको लामो सयमदेखि निर्माणमा ढिलाइ भइरहेको छ ।”

    धावनमार्ग छ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने चालु आर्थिक वर्षमा विमानस्थल पूणर् रुपमा निर्माण काम सक्ने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए । “यो विमानस्थलको धावनमार्ग कालोपत्र, नाला निर्माणको काम भइरहेको छ”, उनले भने, “रिपिटर टावर निर्माण भइसकेको र उपकरण जडानको काम बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै पूर्ण रुपमा विमानस्थल सञ्चालनमा आउने छ ।” विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम गौरी पार्वती/श्याम एन्ड शङ्कर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शङ्कर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि रु १३ करोड ८१ लाख निर्माण कम्पनीले ठेक्का लिएको प्राधिकरणले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ