Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभा सदस्यमा विस प्रतिशत आदिवासी जनजाति निर्वाचित


ग्लोबल पाना
बिहीबार , मंसिर १५ २०७९
  • 237
    SHARES

  • images
    प्रतिनिधिसभा सदस्यमा विस प्रतिशत आदिवासी जनजाति निर्वाचित

    काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति छन् ।

    images
    images
    images

    जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा-१ बाट राजेन्द्रकुमार राई, पाँचथर-१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु-१ मा मानवीर राई, खोटाङ-१ मा रामकुमार राई, इलाम-२ बाट सुवास नेम्वाङ, झापा-४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका छन् । साथै, एमालेका तर्फबाट सिराह-३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ-९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर-२ बाट प्रेमबहादुर महर्जन, कास्की-१ बाट मनबहादुर गुरुङ, लमजुङ-१ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर-१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित भएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम-१ मा सीता गुरुङ, मोरङ-१ मा डिगबहादुर लिम्बू, रामेछाप-१ मा पूणर्बहादुर तामाङ, मनाङ-१ मा टेकबहादुर गुरुङ र मुस्ताङ-१ मा योगेश गौचन थकाली निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का बाट भोजपुर-१ मा सुदन किराँती, काभे्रपलाञ्चोक-१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट-१ मा हितबहादुर तामाङ, रुकुमपूर्व-१ मा पूणर्बहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित भएका छन् ।

    त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट डोटी-१ मा प्रेमबहादुर आले, डोल्पा-१ मा धनबहादुर बुढा, बारा-४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा-१ मा धनबहादुर बुढा, दैलेख-१ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा-१ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी-१ मा अशोककुमार राई निर्वाचिन भएका निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ