Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ


ग्लोबल पाना
मंगलबार, पुस २४ २०८०
  • 254
    SHARES

  • images
    ४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरबाट प्रहरीले ४७ किलो चाँदीसहति ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।

    images
    images
    images

    भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ