Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वय समिति  कास्कीद्वारा पहिलोपटक  नदि तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया 


ग्लोबल पाना
मंगलबार, पुस २४ २०८०
  • 247
    SHARES

  • images
    जिल्ला समन्वय समिति  कास्कीद्वारा पहिलोपटक  नदि तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया 

    पोखरा ।  जिल्ला समन्वय समिति कास्कीले  पहिलो पटक नदिजन्य तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया  कार्यक्रम मंगलबार सम्पन्न गरेको छ।  कार्यक्रममा  नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी  जिल्ला अनुगमन समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख  लिलाधर पौडेलले राज्यका निति नियम भित्र रहेर नदि तथा खानिजन्य पदार्थको उत्खनन गर्न आग्रह गर्नुभयो ।

    images
    images
    images

    कतिपय स्थानमा लापरबाहीपूर्बक गरिएका उत्खननले बिकास निर्माण ध्वस्त पारेको , खतरा उन्मुख रहेको पाइएको हुँदा सो प्रती सचेत हुन स्थानिय सरोकारवाला सहित व्यबसायिहरूलाइ आग्रह गर्नुभयो । ब्यबसायीहरू बिकासका  बहाक र सहयात्री समेत भएको भन्दै बनेका बिकास आयोजनाको संरक्षण  र प्राकृतिक स्रोतहरूको समेत मैत्रीपुर्ण प्रयोगमा कुनै गल्ती नगर्न स्थानिय तहहरूलाइ  आग्रह गर्नुभयो ।

    पौडेलले कास्कीका अधिकाम्स खानी जन्य उधोग मापदण्ड बिपरित संचालन भएको आफुहरूको अनुगमनले भेट्टाएको भन्दै ब्यबस्थित  बाताबरण निर्माणका लागि बार्षिक कार्ययोजना अनुसार उक्त  अन्तरक्रीया कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । प्रमुख पौडेलले सरकारका अंग, नागरिक ,ब्यबसायीहरूको सहकार्यले मात्रै कानुनि राज्यको अनुभुति हुने हुँदा कुनै पनि बिकासका लागि आबश्यक सुशासन निर्माणमा घनिभुत तवरले लागी पर्न आग्रह गर्नुभयो । 

    पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले राज्यका कानुन र निति नियमको पूर्ण पालना सहित  कठिनाईहरूको निराकरण गर्नु पर्ने भन्दै प्रकृति मैत्री बिकासमा पोखरा महानगर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रम नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी  जिल्ला अनुगमन समिति कास्कीका सह -संयोजक कास्कीका  प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले प्राकृतिक स्रोतको संरक्षणात्मक उपयोगमा ध्यान दिदै बिकास निर्माणका कार्य संचालन गर्नु पर्ने भन्दै कुनै पनि नागरिकले राज्यका कानुन र नियम मान्दिन भन्न नपाइने र यदि कानुन मापदण्ड पालना नगरेको पाइएमा त्यो क्षम्य नहुने बताउनुभयो ।

    राज्यलाई राजश्व तथा कर तिरेर मात्रै बैधानिकता प्राप्त नहुने भन्दै राज्यले समय परिस्थिति अनुसार हरेक क्षेत्रमा मापदण्ड तोक्ने हुँदा सो को पूर्ण पालनाको बिकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले निकट भबिष्यमा हुने अनुगमनमा मापदण्ड पालना नगरेको पाइएमा तत स्थानमै तत्काल कारबाही हुने उल्लेख गर्नुभयो । कास्कीका प्रहरी प्रमुख एस पि मोहन कुमार बस्नेतले गैर कानुनि उत्खनन र निकासी नियन्त्रणमा आफ्नो संयन्त्र प्रभाबकारी तवरले संचालन भएको भन्दै कुनै अबैध कार्य भेटिएमा तत्काल सूचना दिन आग्रह गर्नुभयो । 

    क्रशर उध्योग ब्यबसायी महासंघ गण्डकीका अध्यक्ष लिलाधर बरालले बैधानिक नदि र खानिजन्य  ब्यबसायिले बिगत ८ बर्ष देखि डोजर नचलाएको दाबी गर्नुभयो ।  यदि त्यस्तो पाइएमा ठाडो कारबाही गर्न उहाँले  आग्रह गर्नुभयो । आफुहरू सरकारलाइ हरहमेशा सहयोग गर्न तयार रहेको बरालको भनाइ थियो।  जिल्ला समन्वय अधिकारी नवराज बरालले अहिलेको मापदण्ड अनुसार कास्कीका कुनै पनि क्रशर उद्योग संचालन नभएको उल्लेख गर्नुभयो। बरालले अबधानिक र अप्राकृतिक उत्खनन तत्काल रोक्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा कास्कीका नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समितिका पदाधिकारी  सहित स्थानिय तहका प्रमुख , एक्याप ,ब्यबसायी र सरोकारवालाहरूले सो क्षेत्रलाई ब्यबस्थित गराउने बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो। 

    कार्यक्रम नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी  जिल्ला अनुगमन समिति कास्कीका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ