Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिप दुर्घटनाका मृतक चारै जनाको सनाखत


ग्लोबल पाना
शुक्रबार, मंसिर १६ २०७९
  • 252
    SHARES

  • images
    जिप दुर्घटनाका मृतक चारै जनाको सनाखत

    नवलरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४-००१ज-०००६ नंको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो ।

    images
    images
    images

    दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका-६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका-२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

    दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् । जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ