Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तपस्वी रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख बरामद


ग्लोबल पाना
बुधबार, पुस २५ २०८०
  • 330
    SHARES

  • images
    तपस्वी रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख बरामद

    काठमाडौं । तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३ लाख ७५ हजार रुपैया नगद बरामद गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले हात्तिगौंडास्थित घरमा छापा मार्दा सो रकम बरामद गरेको हो। रकमसँगै उनको घरबाट केही थान ल्यपाटप, पेन डाइभ र मोबाइल समेत फेला परेको सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यले बताईन्।

    images
    images
    images

    उनका अनुसार अदालतबाट अनुसन्धान अनुमित लिएपछि आजै साँझबाट बयान शुरु हुनेछ। नाममा हत्या, बलात्कारजस्ता आरोप लागेपछि फरार रहेका ‘तपस्वी’ बम्जन लिटिल बुद्ध उपनामले परिचित थिए।

    चार वर्षयता सिआइबीको खोजी सूचीमा रहेका बम्जन आफू विभिन्न जंगलमा बस्दै आएको र भारतको केही स्थानमा पुगेको लुकेको समेत प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

    प्रहरीको नजरमा उनी २०७६ सालदेखि नै फरार रहेका थिए । २०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

    अनुसन्धान प्रक्रिया अनुसार पूर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको भएपनि उनी फरार भएपछि बयान लिन सम्भव भएको थिएन। ‘अब बयान शुरु हुनेछ’, एसपी नवराज अधिकारीले भने।

    आफ्नै अनुयायीलाई यौनशोषण गरेको आरोप लागेपछि २०७७ साल माघमा २४ मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो।

    बारा जिल्लाको निजगढ नगरपालिका-१२ ठेगाना भएका तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न त्यतिबेला सिन्धुलीस्थित आश्रममा पुग्दा फेला परेका थिएनन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ