Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लक्ष्य ११ करोड तर १८ करोड भक्तले दिए अयोध्या राम मन्दिरलाई चन्दा


ग्लोबल पाना
शुक्रबार, पुस २७ २०८०
  • 509
    SHARES

  • images
    लक्ष्य ११ करोड तर १८ करोड भक्तले दिए अयोध्या राम मन्दिरलाई चन्दा

    अयोध्या। अयोध्यामा राम मन्दिर निर्माणका लागि विश्वभरीबाट करोडौं चन्दा संकलन भएको छ। ट्रस्टले ११ करोड भक्तहरूले चन्दा संकलन दिने अनुमान गरे पनि सो भन्दा झन्डै ७ करोड बढी भक्तले राम मन्दिरका लागि चन्दा दिएका छन्।

    images
    images
    images

    श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले राम मन्दिर निर्माणका लागि अहिलेसम्म पाँच हजार करोडभन्दा बढी चन्दा प्राप्त गरिसकेको छ। राम मन्दिर ट्रस्टले देशका ११ करोड जनताबाट ९०० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो तर अहिलेसम्म भगवान रामको मन्दिरका लागि ५५०० करोडभन्दा बढीको चन्दा आएको छ।

    श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अनुसार राम मन्दिर निर्माणका लागि हालसम्म १८ करोड रामभक्तहरूले नेसनल बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक र बैंक अफ बडोदाको खातामा करिब ३२०० करोड रुपैयाँ समर्पण कोष जम्मा गरिसकेका छन्।

    ट्रस्टले यी बैंक खातामा चन्दा रकमको एफडी गरेको थियो त्यसबाट प्राप्त व्याँजमा राम मन्दिरको हालको स्वरूप अर्थात् पहिलो तल्ला निर्माण गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ