Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने


ग्लोबल पाना
शुक्रबार, पुस २७ २०८०
  • 251
    SHARES

  • images
    एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

    काठमाडौं । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने भएको छ । कम्पनीका अनुसार एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँवा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।

    images
    images
    images

    एनसेल आजियाटाले मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ । यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् ।

    यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ । बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने कम्पनीले जनाएको छ ।

    यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याईएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ