Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त


ग्लोबल पाना
शनिबार, पुस २८ २०८०
  • 415
    SHARES

  • images
    अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

    क्यालिफोर्निया। अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ। सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन्। अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन्। प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो।

    images
    images
    images

    न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए, जो चमत्कारी ढंगले बाँचेका छन्। अमेरिकी नौसेना कमाण्डरले भने कि एमएच-६० आर हेलिकप्टर साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो। हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो।

    सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरु घाइते भएको तर अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको बताए । यस सम्बन्धमा अहिलेसम्म थप जानकारी दिइएको छैन।

    घटनास्थलमा अमेरिकी कोस्ट गार्डका कर्मचारीहरू उपस्थित छन्। विभागले अहिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ। उनले हेलिकप्टरमा सवार सबै यात्रु सकुशल भागेको र कसैको पनि मृत्यु नभएको बताए।

    यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ