Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरलाई निर्देशन


ग्लोबल पाना
आइतबार, पुस २९ २०८०
  • 296
    SHARES

  • images
    पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरलाई निर्देशन



    भक्तपुर। नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरहरुलाई निर्देशन दिएका छन्। जहाँं बसेर काम गरे पनि इथिक्स (आचारसंहिता)मा रहेर काम गर्न उनले नयाँं इन्जिनियरहरुलाई निर्देशन दिए।

    images
    images
    images

    नेपाल इन्जिनियरिड कलेज (नेक) दुवाकोट चांँगुरानारण भक्तपुरबाट कप्युटर, आर्किटेक्ट, इलेक्टिकल एण्ड इलेक्टोनिक्स र इलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियर पढेर पढाई पूरा गरेका विद्यार्थीको विदाईमा शनिबार कलेजले गरेको विदाई कार्यक्रममा उनले प्राप्त अंकसँंगै अहिले सवैकुरा हेरिने भएकाले इमान्दारितापूर्वक काम गर्न उनले निर्देशन दिए।

    इमान्दारिता मात्रै होइन, कामप्रतिको लगाव, दृढ इच्छाशक्ति, समयको परिपालना पनि उतिकै महत्वपूणर् रहेको छ, उनले भने, माक्स मात्रै राम्रो आएर अहिले पुग्दैन । उनले सैद्धान्तिक ज्ञानसँंगै प्रयोगात्मक कुराहरु पनि उतिकै महत्वपूर्ण रहेको बताए।

    पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले नव इन्जिनियरहरुले मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए । सुरुका केही वर्षहरुमा संघर्षका साथ काम गरे पछि विस्तारै सहज हुँदै जाने अनुभब उनले सुनाए । मिहनेतका साथ काम गरे इन्जिनियरहरुलाई नेपालमै राम्रो रहेको पनि उनले बताए ।

    कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट विदा भएका विद्यार्थीहरुलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उत्पादित विद्यार्थी नै कलेजको वास्तविक व्राण्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए । साथै उनले विदाई भइ गएका विद्यार्थीबाट भालिका दिनमा पनि कलेजका लागि सल्लाह, सुझाब, सहयोग पाइरहने विश्वास व्यक्त गरे ।

    नव इन्जिनियरहरुले आफूहरुले स्वदेशमै बसेर काम गर्ने प्रतिवद्धता जनाए । दस जोड दुई उतीणर् हुने वितिकै विदेश जाने प्रबृति वढिरहेको बेला स्नातक तह उतीणर् नव इन्जिनियरहरुले आफनो शीप र ज्ञान आफनै देशका लागि रहने बताए ।

    इलेक्टिकल एण्ड इलेक्टोनिक्समा इन्जिनियरिंग उतीणर् विदाई भएका विद्यार्थी सरोज महर्जनले स्वदेशमै बसेर काम गर्ने प्रतिवद्धता जनाए । स्वदेशमा बसेर पढेका कुराहरुलाई राम्ररी व्यवहारिक रुपमा बुझने गरी अनुभब बटुल्न नेपालमै वस्ने योजना रहेको उनले सुनाए ।

    विदाई भएका विद्यार्थीहरु आर्किटेक्टका हिमाल रोकाया, कम्प्युटरका युवराज महतो, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका बलराम राईले स्वदशमै वसेर राम्रो काम गर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ