Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘परिवारबाटै महिला हिंसा रोक्न प्रयास गर्नुपर्छ ’


ग्लोबल पाना
शुक्रबार, मंसिर १६ २०७९
  • 210
    SHARES

  • images
    ‘परिवारबाटै महिला हिंसा रोक्न प्रयास गर्नुपर्छ ’

    डडेल्धुरा । यहाँका स्थानीय तह लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न महिला सचेतीकरण अभियानमा लागिपरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लाको अजयमेरु गाउपालिकाले लैङ्गिक हिंसालाई अन्त्य गर्ने जनाएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत अजयमेरुका छवटै वडामा हिंसाविरुद्धका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    images
    images
    images

    जिल्लाका अन्य स्थानीय तहमा पनि हिंसाविरुद्धका अभियान भइरहेका छन् । गाउँ समाजमा अझै पनि महिला हिंसा, जातीय भेदभाव, घरेलु हिंसालगायतका कुरा भइरहेकाले यो अभियानले मानिसलाई जागरुक गरी हिंसामुुक्त हुन कानुनीरुपमा सहयोग मिल्ने न्यायिक क्षेत्रका अगुवा बताउँछन् । समयसमयमा दूरदराजका गाउँका महिला तथा किशोरी सहभागी गरी सचेतनामूलक कार्यक्रम गर्दा लैङ्गिक हिंसामुक्त हुन उत्प्रेरित गर्ने अधिवक्ता युवराज जोशीले बताए । गाउँपालिकाले विभिन्न सचेतामूलक कार्यक्रम गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहेको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक वसन्ती पालले बताइन ।

    वडा नं ३ बाट १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गर्नुका साथै महिला सचेतीरणका कुरालाई लिएर महिला अधिकारका साथै मान अधिकार र मौलिक हकका विषयमा समेत जानकारी गराइरहेको जानकारी दिए । सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा ¥याली र अन्तक्र्रिया कार्यक्रम भइरहेको जनाइएको छ । लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको जनाइएको छ ।

    व्यक्तिगत घटना, घरेलु हिंसालगायत महिलामाथि हुने अन्यायलाई रोक्नका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापीरुपमा १६ दिने अभियान मनाइने गरिन्छ । महिलामाथि हुने हिंसा रोक्न परिवारबाट प्रयास गरिनुपर्ने नवदुर्गा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक निर्मला बोगटी विष्टले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ