Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी, केन्द्रिय विभाग बिच समझदारी पत्रमा हस्ताक्षर


ग्लोबल पाना
बुधबार, माघ ३ २०८०
  • 1,521
    SHARES

  • images
    डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी, केन्द्रिय विभाग बिच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं ।  सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभाग बिच सहकार्य शुरु भएको छ । उप प्राध्यापक बालकृष्ण सुबेदीेले संचालन गरेका यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननिय रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रिय विभागका विभागिय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    images
    images
    images

    उक्त समझदारीअनुसार दुबै संस्थाहरुले शैक्षिक र कौशल (Education and skills) बीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन्। कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन्। "आईटीको नयाँ विषयहरुलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन्। आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं। र त्यो संभव छ भन्ने देखिएको छ, "मन्त्री शर्माले भनिन्।

    हाम्रा सरकारी विद्यालय र विश्वविद्यालयहरुबाट आईटी पढेका विद्यार्थीहरुलाई कसरी रोजगारमा लगाउने कसरी बजारमा बिकाउने भन्ने चिन्तालाई समाधान गर्न यसले सहयोग गर्ने मन्त्रीको धारणा छ। "नेपालमा पढाई हुने सबै विषयबाट उत्पादन हुने विद्यार्थीहरु सबैलाई प्राक्टिकल गराउन सक्नुपर्छ। अहिले विदेशमा जाने युवाहरुको ताँति छ त्यसलाई रोक्न पनि आईटी विषय महत्वपूर्ण हुनसक्छ।" उनले भनिन्।

    यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवला भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए। उनले भने, "मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ। यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाईरहेको बेलामा विद्यार्थीहरुलाई सहयोग गर्नेछ। बढी भन्दा बढी विद्यार्थीहरु सहभागी गर्न सकियोस्।"

    कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए। "हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ।"

    डिईएसका अध्यक्ष अर्यालले भने। यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए। "अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ। एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो।

     

    त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रिय विभागका विभागिय प्रमुख सायमीले भने, यसलाई न्यूनिकरण गर्न सबैले मिलेर जानुपर्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ