काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर-आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।
कर्जा सम्बन्धी सम्पूणर् कागजात पेश गरेको २ दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरेको हो ।
बैंकले आज एक विज्ञप्ति जारी गर्दै यो योजन अन्तर्गत व्यवसाय-उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने उल्लेख गरेको छ ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आइरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


