Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बजेट निर्माणको कार्यतालिका फेर्न अध्यादेश


ग्लोबल पाना
बिहीबार , माघ ४ २०८०
  • 378
    SHARES

  • images
    बजेट निर्माणको कार्यतालिका फेर्न अध्यादेश

    काठमाडौं । सरकारले वार्षिक बजेट निर्माणको विधि र प्रक्रियालाई  परिवर्तन गर्न भन्दै अध्यादेश ल्याउने भएको छ।  हिजो बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यायदेश ल्याउने निणर्य गरेको छ। ऐनमा बजेट निर्माणका प्रक्रियाका बारेमा उल्लेख गरिएको छ।

    images
    images
    images

    सामान्यतया बजेट आउनु एक-दुई दिनअघि मात्रै बजेटको सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रम संसद्मा टेबुल गर्ने प्रचलन छ । यसो हुँदा छलफलका लागि समय अभाव हुने निष्कर्ष निकाल्दै बजेट सार्वजनिक हुनुभन्दा एक महिनाअघि नै यी दस्तावेजहरू ल्याउन प्रस्ताव गरिएको हो ।

    बजेट निर्माणदेखि आयोजना छनौट तथा भुक्तानीसम्मका व्यवस्था ऐनमा समेटिएका छन्। बजेट निर्माणको प्रक्रियामा संसदीय भूमिका अर्थहीन भएको भन्दै सरकारले भूमिका बढाउनेगरी ऐन संशोधन गर्ने भएको हो।

    बजेट निर्माणदेखि नै अर्थपूणर् छलफल तथा कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि मौजुदा प्रणालीमा पुनरावलोकनका लागि सुझाव दिन बनाइएको कार्यदलले परिवर्तन गर्न यसअघि नै सुझाव दिएको थियो। फागुनदेखि नै बजेटमाथिको छलफल प्रारम्भ गर्ने तयारी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ