Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चोभार ब्लुज सर्वाधिक चर्चामा आएको निकथा संगहको चर्चा


ग्लोबल पाना
शुक्रबार, माघ ५ २०८०
  • 363
    SHARES

  • images
    चोभार ब्लुज सर्वाधिक चर्चामा आएको निकथा संगहको चर्चा

    काठमाडौं । नेपाली निकथाको धारमा बेग्लै धार तथा नविनता ल्याउन सफल यो बर्षको सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा परेको छ। श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा चोभार ब्लुज परेको हो।

    images
    images
    images

    चोभार ब्लुज निकथाकार साहित्यकार बिक्रम भक्त जोशीको पहिलो कृति हो। साहित्यकार जोशी पेशाले सिभिल इन्जिनियर हुन् भने उनी निवर्तमान बैंकर पनि हुन्। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उनी बालसाहित्यमा पनि दखल राख्दछन्। चोभार ब्लुजु निकथासङ्ग्रह हो। जसमा १९ निकथा समाविष्ट छन् ।

    निकथा भन्नाले नियात्रा र निबन्धको फ्लेभर मिसिएको कथा भन्ने बुझिन्छ। नियात्राका बीच निबन्धात्मक वर्णनलाई कथाको गोलाकार वृत्तमा निहित विधा नैं निकथा हो । यो कृति साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार प्रतियोगितामा द्वितीय बनेको थियो।

    यस कृतिले नारी स्रष्टा समाजद्वारा प्रदान गरिएको २०८० सालको वर्ष पुस्तक सम्मान यसै बर्ष विराटनगरमा आयोजित भव्य कार्यक्रममा प्राप्त गरिसकेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ