Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पनौतीलाई विश्व सम्पदा सूचीकरण गर्दै पनौती नगरपालिका


ग्लोबल पाना
आइतबार, माघ ७ २०८०
  • 264
    SHARES

  • images
    पनौतीलाई विश्व सम्पदा सूचीकरण गर्दै पनौती नगरपालिका

    काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक(सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि काम अन्तिम चरणमा पुगेको छ । स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो ।

    images
    images
    images

    पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल नभएको बताए । उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए ।

    उनले नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको बताए । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए । उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने बताए । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानूनहरु नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।

    नगर प्रमुख भण्डारीले सांस्कृतिक सम्पदाहरु सबैका साझा र देशको सम्पत्ति हो भन्ने सोचेर काम अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै पनौतीस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति शहर धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचीमा सूचिकृत हुनुपर्नेमा जोड दिए ।

    उनले शहरमा रहेका आधुनिक ८० भन्दा बढी सम्पदाहरुलाई पुरानै शैलीमा निर्माण गरेर विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्नुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ