Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीद्वारा  बिजयपूल खोला कसेरीमा निर्माणाधीन पूलको अनुगमन


ग्लोबल पाना
आइतबार, माघ ७ २०८०
  • 340
    SHARES

  • images
    जिसस कास्कीद्वारा  बिजयपूल खोला कसेरीमा निर्माणाधीन पूलको अनुगमन

    पोखरा । प्रमुख  लिलाधर पौडेल नेतृत्वमा काहुखोला -बिजयपूर-काफलघारी  सडक अन्तर्गत पोखरा महा नगरपालिका वडा न १३ र २८ जोड्ने बिजयपूल खोला, कसेरीमा निर्माणाधीन पूलको अनुगमन  सम्पन्न भएको हो  ।  उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, सदस्य राजु अधिकारी, हर्क बहादुर गुरुङ, सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राबिधिक इन्जिनियर सम्मिलित अनुगमन टोलिले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य प्राबिधिक पक्षको जानकारी  लिएको थियो।

    images
    images
    images

    सो अबसरमा प्रमुख लिलाधर पौडेलले हालसम्मको कार्य प्रगति सन्तोसजनक पाइएको बताउदै अबको बाकी  कार्यमा  गुणस्तरमा ध्यान दिदै समयमै निर्माण  सम्पन्न  निर्माण ब्यबसायी र प्राबिधिक सहित स्थानिय सरोकारवालाहरूलाइ आग्रह गर्नुभयो । बि स २०७२ सालमा निर्माण कार्य शुरूभएको सो पूलको  निर्माण कम्पनीको लापरबाहीका कारण उक्त कम्पनी संगको सम्झौता रद्ध गरि नयाँ सम्झौता अनुसार निर्माण कार्य अगाडि बढेको बताइएको छ ।  

    हाल धनथान भिमज्योति कन्स्ट्रक्सन भरतपुरले  निर्माण गरिरहेको सो पूल  २०८० असारमा सम्झौता भएर २०८२ फागुन मसान्त भित्र करिब ७ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ