Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न


ग्लोबल पाना
आइतबार, माघ ७ २०८०
  • 236
    SHARES

  • images
    महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न

    पोखरा । महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ।

    images
    images
    images

    सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले दोश्रो रास्ट्रीय कार्ययोजना मुताबिक जिल्ला निर्देशक समिति गठन गरिएको बताउनु भयो। उहाले सोही मुताबिक पालिकामा समेत कार्ययोजनाका काम छिटोभन्दा छिटो अगाडी बढाइने उल्लेख गर्नु भयो ।

    प्रमुख पौडेलले समाजमा कुनै पनि किसिमका हिंसा ,भेदभाव ,र अधिकार उल्लंघनका घटना नदेखिने गरि काम गर्न सरोकारवालाहरूलाइ आग्रह गर्दै हिंसा र भेदभाव रहित कास्की निर्माणमा लागि पर्न आग्रह गर्नु भयो ।उहाले समाजमा कुनै पनि खालका उड्पिडन रहेसम्म समृद्धि संभब नहुने उल्लेख गर्दै हरेक खालका अधिकार स्थापित गर्न युद्धस्तरमा काम गर्नु पर्ने बिचार राख्नुभयो।

    कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले कास्कीका हरेक स्थानीय तहमा समिति निर्माण गरेर कार्य सम्पादन गर्ने भन्दै सहकार्यको लागि सरोकारवाला संघ संस्थाहरूलाइ आग्रह गर्नुभयो। जिल्ला समन्वय समिति कास्कीका उप- प्रमुख सरिता माल, पत्रकार महा संघ कास्कीका अध्यक्ष बिमला भण्डारी, मानव अधिकारका लागि एकल महिला समूह कास्कीका अध्यक्ष जुना के. सि.महिला मानब अधिकार रक्षक सन्जाल कास्कीका अध्यक्ष केशु भुजेल, एड्भोकेसी फोरमका अध्यक्ष कुन्जनी परियार प्यासी, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, द्वन्द पिडित महिला राष्ट्रिय संजाल सदस्य कल्पना सुवेदी सहितले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    बैठकमा दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका बिषयमा इन्सेक पोखराका प्रमुख शिव खकुरेल र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को सन्दर्भिकता सम्बन्धमा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले सहजीकरण गर्नु भएको थियो ।

    सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन समितिका सदस्य सचिब एबम जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ