Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक राख्न निर्देशन


ग्लोबल पाना
आइतबार, माघ ७ २०८०
  • 320
    SHARES

  • images
    बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक राख्न निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ ।

    images
    images
    images

    उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भन्नुभयो, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।”

    यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ