Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न


ग्लोबल पाना
आइतबार, माघ ७ २०८०
  • 469
    SHARES

  • images
    नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका श्रीमान् सचिव डा. रेवती रमण पौडेलको प्रमूख आतिथ्यतामा काठमाडौंको लैनचौर स्थित मल्ल होटलमा सम्पन्न भयो । 

    images
    images
    images

    कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालरहनु भएको थियो भने अतिथिहरुमा कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव राष्ट्रिय दुग्ध विकास वोर्ड, सहसचिव डा. सुर्य पौडेल कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, महानिर्देशक डा. उमेश दाहाल पशुसेवा विभाग, महानिर्देशक मतिना जोशी बैद्य खाद्य प्रविधि तथा नियन्त्रण विभाग र  सभापती डि.बि बस्नेत कृषि उद्यम केन्द्र रहेका थिए ।

    अन्य अतिथिहरुमा विभिन्न संघसंस्था, नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान एवं पूर्व पदाधिकारीहरु, सदस्यहरु लगायत अन्य संघसंस्थाहरुबाट बाक्लो उपस्थिति सहित डेरी उद्योगीहरु, दुग्ध उत्पादक किसान, सञ्चारकर्मी लगायत करिव २०० जनाभन्दा बढिको उपस्थिति रहेको थियो ।  रजत जयन्तिको अवसरमा विभिन्न विधामा राष्ट्रिय सम्मान, पूर्व अध्यक्षहरुहरुलाई सम्मान, उत्कृष्ट प्रदेश सम्मान, डेरी उद्योग, पत्रकारहरु सम्मानित भएका थिए ।

    सम्मानित हुनेहरुमा निम्न उल्लेखित रहेका छन् ।

    १. राष्ट्रिय सम्मान पूर्व सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, डा. योगेन्द्र कुमार कार्की

    २. घरेलु डेरी उद्योगबाट भैसेपाटी डेरी उद्योग, ललितपुर, दिपक सञ्जेल

    ३. साना डेरी उद्योगबाट गजुरमुखी दर्शन डेरी उद्योग, ईलाम, अशेष कुमार बुढाथोकी

    ४. मझौला डेरी उद्योगबाट पर्रोहा दुध डेरी उद्योग, रुपन्देहि, शिवलाल भुषाल

    ५. ठूला डेरी उद्योगबाट धमला डेरी प्रडक्ट्स प्रा.लि, भक्तपुर, दिप प्रसाद धमला

    ६. मरणोप्रान्त सम्मान एसोसिएसनको सदस्य रहेको सिताराम गोकुल मिल्क्स्का, अध्यक्ष स्व. विश्वनाथ केडिया

    ७. उत्कृष्ट प्रदेश बागमति प्रदेश, अध्यक्ष टिका प्रसाद घिमिरे

    ८. दिर्घसेवा सम्मान संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ

    ९. उत्कृष्ट कृषि पत्रकार सम्मान हिमालय टाइम्स, पत्रकार आर्थिक व्युरो चिफ, लेखनाथ पोख्रेल

    १०. न्युज लाईन्स मिडिया प्रालिका अध्यक्ष राजु भट्ट

    ११. कृषि अनलाईन सम्पादक, बैकुण्ठ भण्डारी

    १२. टक्सार म्यागजिनका रवि थापा

    १३. नेपाल डेरी एसोसिएसन, पूर्व अध्यक्ष मेघराज भण्डारी

    १४. नेपाल डेरी एसोसिएसन, पूर्व अध्यक्ष, सुमित केडिया

    प्रशंसा पत्र 

    १. नेपाल डेरी एसोसिएसनको गित रचनाकार उषा आचार्य

    २. नेपाल डेरी एसोसिएसनको गित गायक गोपाल तामाङ्ग

    ३. नेपाल डेरी एसोसिएसनको गित गायिका विन्दु परियार

    ४. प्रशंसा पत्र अधिवक्ता प्रल्हाद महत

    कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्दै कार्यक्रमको बारे प्रष्ट पार्दै दुग्ध क्षेत्रको विभिन्न समस्याको बारे कुरा राख्दै रजत जयन्ती मुल समारोह समितीका संयोजक दिप प्रसाद धमलाले पुनः सबैलाई स्वागत गरे । 

    दुग्ध क्षेत्रको परिचयका बारेमा एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले समस्त दुग्ध क्षेत्रलाई चित्रण गर्दै प्रस्तुती दिनुभयो । प्रस्तुतिको क्रममा केडियाले यो कठिन अवस्थामा डेरी क्षेत्रलाई जसरी पनि बचाउनु पर्ने बताउनु बताए। 

    कार्यक्रममा अतिथिहरुले मन्तव्य दिने क्रममा प्रमूख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचीव डा. रेवती रमण पौडेलले नेपाल डेरी एसोसिएसनको रजत जयन्तीको अवसरमा सम्पूर्ण उत्पादक, प्रशोधनकर्ता, उपभोक्ता लगायत सरोकार सबैलाई शुभकामना व्यक्त गर्नुहुदै हाल दुग्ध क्षेत्रको समस्याको समाधानका लागि मन्त्रालय सदैव तयार रहेको जानकारी गराउँदै रजत जयन्तीको उपलक्ष्यमा शुभकामना दिनु भयो ।

    विशिष्ट अतिथि वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले एसोसिएसनको रजत जयन्तीको शुभ अवसरमा सहभागी हुन पाउँदा अत्यन्तै हर्षित भएको र एसोसिएसनले २५ वर्ष पूरा गरि रजत जयन्ती मनाईरहँदा सफताको शुभकामना दिंदै एसोसिएसनले विभिन्न समस्याहरुलाई पार लगाउँदै रजत जयन्ती मनाउन आज यो कार्यक्रम गरेको र एसोसिएसन हरेक कुरामा सधैं अग्रणी स्थानमा रहेको जानकारी दिनुभयो । 

    कार्यक्रममा धन्यवाद दिंदै एसोसिएसनका महासचिव हेमचन्द्र खनालले संस्था स्थापना गर्दाका सम्पूर्ण संस्थापकहरुलाई एसोसिएसनको तर्फबाट धन्यवाद दिंदै कार्यक्रममा साथ सहयोग गर्नु हुने सम्पूर्ण सरोकारवालाहरु, किसान, उपभोक्ता, एसोसिएसनका सदस्यहरु एवं शुभ चिन्तकहरु सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि एसोसिएसनलाई यसरी नै साथ र सहयोग गर्नको लागि अनुरोध गर्नु भयो । 

    कार्यक्रमको अन्तिममा एसोसिएसनका अध्यक्ष एवं सभाका सभापति प्रल्हाद दाहालले कार्यक्रममा उपस्थित सबैलाई आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सबैबाट यसरी नै एसोसिएसनलाई साथ सहयोग प्राप्त हुने कुरामा आशाबादी रहेको बताए ।  

    कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई ठेकी र घ्यु मायाको  चिनोको रुपमा प्रदान गरिएको थियो । एसोसिएसनले आफ्ना हरेक कार्यक्रममा दुध तथा दुग्ध पदार्थ नै मायाको चिनोको रुपमा प्रदान गर्दै आएको छ ।

    कार्यक्रमको उदघटन बालबालिकालाई दुध सेवन गराई गरिएको थियो । कार्यक्रम अत्यन्तै आकर्षक, छोटो र मिठो गरिएको थियो । शुरु गरिएको १ घण्टामा कार्यक्रम समापन गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ