Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नक्कली लाइसेन्स काण्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने : मन्त्री ज्वाला


ग्लोबल पाना
आइतबार, माघ ७ २०८०
  • 674
    SHARES

  • images
    नक्कली लाइसेन्स काण्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने : मन्त्री  ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताएका छन् । आइतबार मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरूसँगको समन्वय बैठकमा बोल्दै उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको दाबी गरेका छन् ।

    images
    images
    images

    कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनको भनाई छ । साथै १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रूपमा समाधान हुने उनले दाबी गरे ।

    नक्कली लाइसेन्स काण्डमा छानबिन समिति बनाएर काम थालिएको उनले जानकारी दिए । यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको उनको भनाइ छ । नक्कली लाइसेन्स काण्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने उनले बताए । उनले भने, ‘बदमासी गर्नेहरूलाई कानुनी दायरामा ल्याउँछौँ, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निष्पक्ष छानबिन हुन्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ