Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन


ग्लोबल पाना
सोमबार, माघ ८ २०८०
  • 185
    SHARES

  • images
    कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् । उनले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको समेत बताए ।

    images
    images
    images

    अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार तयार गर्न सरकार प्रतिवद्ध छ । साथै, कसैको दबाब र प्रभावमा नपरी अपराधीलाई दण्डित गर्ने उदेश्यले अपराध अनुसन्धान गर्न समेत म नेपाल प्रहरीलाई निर्देशन दिन्छु ।’

    गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धानमा मानव अधिकारको सम्मान गर्न र निर्दोष नागरिकलाई झन्झट नदिनसमेत आग्रह गरे । ‘अपराध अनुसन्धानमा कुनै पनि राजनीतिक प्रभाव र दबाब छैन । त्यस्तो प्रभाव र दबाबबाट मुक्त भएर प्रहरीले अनुसन्धान गर्नुपर्छ, गर्नुहोस् ।

    यदि कसैले दबाबमा पार्न खोज्छ भने दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रियामा त्यस्ता प्रहरी अधिकारीको रक्षाका लागि गृह मन्त्रालय सदैव तयार छ,’ उनले भने। उनले प्रहरीको सुरुवाती अनुसन्धानले नै जनताले न्याय पाउने वा नपाउने भन्ने निक्र्योल गर्ने भएकाले अपराध अनुसन्धानमा कुनै कमजोरी नगर्न समेत आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ