Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात


ग्लोबल पाना
बुधबार, माघ १० २०८०
  • 377
    SHARES

  • images
    आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

    काठमाडौं । बुधबार पनि देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू-भागमा आंशिक बदलीय रही तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ ।

    images
    images
    images

    दिउँसो कोशी, गण्डकी र कणर्ाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै, बेलुका पहाडी क्षेत्रमा केही बदली भएपनि साधारणतया देशभरको मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईमा भने चिसोका कारण जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोले यातायातका साधनहरु निर्बाधरुपले चल्न सकेका छैनन् भने सर्वसाधारणलाई दैनिकी चलाउन समेत हम्मे परेको छ । महाशाखाले चिसोबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ