Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

योगेन्द्र कुंवरको अध्यक्षतामा राष्ट्रिय समिती को दोस्रो बैठक जनकपुरमा सम्पन्न


ग्लोबल पाना
बुधबार, माघ १० २०८०
  • 903
    SHARES

  • images
    योगेन्द्र कुंवरको अध्यक्षतामा राष्ट्रिय समिती को दोस्रो बैठक जनकपुरमा सम्पन्न

    जनकपुर । नेपाल ट्रेड युनियन काग्रेसले सातौं महाधिबेसन पश्चात नव निर्बाचित अध्यक्ष योगेन्द्र कुमार कुंवरको अध्यक्षतामा मिती २०८०। ११।७ र ८ मा राष्ट्रिय समिती को दोस्रो बैठक जनकपुरमा सम्पन्न गरेको छ । संस्थाले बिधानत: ८ वटा बिभाग र ४ वटा सेल मार्फत आफ्ना गतिबिधीहरु अगाडि बढाउन पदाधिकारीहरुलाई जिम्मेबारी समेत प्रदान गरेको छ।

    images
    images
    images

    संगठन बिभागमा तेजेन्द्र जंग कार्की ,प्रचारप्रसार तथा प्रकाशन बिभागमा उपाध्यक्ष राधिका कुइकेल खनाल , बैदेशिक बिभागमा अध्यक्ष योगेन्द्र कुमार कुंवर, मानवअधिकार तथा ट्रेड युनियन बिभागमा गणेश बहादुर के.सि,आर्थिक बिभाग ज्योति कोइराला, सामाजिक सुरक्षा तथा श्रम सहकारी बिभागमा ललित श्रेष्ठ श्रम सम्बन्ध बिभागमा नेत्र बहादुर थापा ,योजना तथा अनुसन्धान बिभागमा राजेश पालिखे संयोजक रहेका छन ।

    त्यस्तै सेलहरुको संयोजकमा बैदेशिक रोजगारमा महासचिब अजय कुमार राइ ,जलबायु परिवर्तन तथा न्यायोचित रुपान्तरणमा बल देब तमाङ, लैगिकमा सुसिला घिमिरे, ब्यवसाय जन्य स्वास्थ्य तथा सुरक्षामा सञ्जय दाहाल रहेका छन । बिधानतस्संस्थाभित्र समानुपातिक समाबेशी सिद्दान्त अनुरुप सम्पूर्ण बिभागहरुमा ३३५ महिलाको सहभागितालाई सुनिश्चितता गर्दै बिधान अनुसार प्रत्यक बिभागमा ११ जना सदस्य रहनेछन् भने बैदेशिक बिभाग मा २ जना महिला सहित् सात जना सदस्य रहने निर्णय समेत सांस्थाले गरेको छ ।

    नेपाल ट्रेड युनियन काग्रेसको पूर्ण बैठक पश्चात पत्रकार सम्मेलन मार्फत अध्यक्ष योगेन्द्र कुमार कुंवरले आफ्नो माउ पार्टीलाई अनबरत सहयोग गर्दै आएतापनी श्रमिकको प्रतिनिधित्व र बिभिन्न श्रमिकका सवालहरुमा खासै चासो नदेखाएकोले अबको दिनमा पार्टी सँगको सम्बन्ध कस्तो रहने भन्ने बिषयमा ब्यापक छलफल भएको र काग्रेसको महासमितिको बैठकमा आफ्नो स्पस्ट धारणा पेश गर्न वरिश्ठ उपाध्य्क्ष तेजेन्द्र जंङ कार्कीको संयोजकत्वमा उपाध्य्क्ष राधिका कुइकेल सहित १३ सदस्यिय समिती समेत गठन गरेको छ ।

    बैठकमा उपाध्यक्ष गणेश बहादुर के.सि को संयोजकत्वमा नेपाल ट्रेड युनियन काग्रेसको भाबी कार्ययोजना तयारी समिती र उपाध्यक्ष राधिका कुइकेल खनालको संयोजकत्वमा मार्च ८ महिला दिवस तयारी समिती बनेको छ ।

    - राधिका कुइकेल खनाल उपाध्यक्ष नेपाल ट्रेड युनियन काग्रेस राष्ट्रिय समिती तथा संयोजक प्रचार प्रसार तथा प्रकाशन बिभाग

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ