Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हिजोका दिनमा बैंककाे लगानी ठीक ठाउँमा भएन : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
बिहीबार , माघ ११ २०८०
  • 317
    SHARES

  • images
    हिजोका दिनमा बैंककाे लगानी ठीक ठाउँमा भएन : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल नआएको बताए । अर्थमन्त्री डा महतले भने, “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ ।

    images
    images
    images

    खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।” बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताए ।

    पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उहाँले बताउनुभयो । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उनले उल्लेख गरे ।

    सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको उहाँले भनाइ थियो । मन्त्री डा. महतले वाणिज्य बैंक नम्बर वान बैंक हुनसक्ने बताए । सार्वजनिक बैंक भएकाले यो नम्बर वान हुन नसकेको उनको भनाइ थियो । व्यवस्थापक वा कर्मचारीले यो कुरा हामीले स्वीकार गर्न मन्त्री डा. महतले आग्रह गरे । उनले भने ‘यो कुरालाई स्वीकार गरेर हामी अगाडि बढ्यौं भने, कर्मचारीका सुविधाको कुरा केही पनि होइन । तपाईंहरुले माग गरेको ठूलो कुरा केही पनि छैन ।’ यो बैंकलाई नम्बर वान स्थानमा पु-याउन व्यवस्थापन र कर्मचारीबाट प्रतिबद्ध आउनुपर्छ । उनले भने, ‘त्यसका लागि निजी बैंकले जस्तै व्यवस्थापनले ९ बजेसम्म काम गर्नुप-यो भन्यो भने पनि तयार हुनुपर्छ । त्यहाँ यति बेला भन्न पाइँदैन ।

    आज जतिबेलासम्म लाग्छ, त्यत्तिबेलासम्म काम गर्नुपर्छ । बजे भन्ने हुँदैन, अचेल बजे भनेको रिर्फेन्स मात्र हो । ५ बजेसम्म अफिस भनेको त्यो रिर्फेन्स हो । जति समय लागोस् काम पूरा हुनैपर्छ । यो हिसाबले बैंक अगाडि बढ्यो भने ट्रेड युनियनको माग केही पनि होइन ।’

    ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताए । गत आर्थिक वर्षमा बैङ्कको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गर्दै उनले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित हो भने ।

    अर्थमन्त्री डा. महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताएका छन् । उनले ‘ख’ वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्ने र बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्यामा परेको उनको भनाई थियो । जस्तो पनि कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन ।

    ग्राहक जस्तो भए पनि धितोबाट असुल्छु भन्ने सोचले हुँदैन,” उनले भने, “हिजो बैंकबाट गएको पैसा गलत ठाउँमा गयो । राष्ट्र बैंकले कन्ट्रोल गर्‍यो । अहिले केही सुधार भएको छ ।” “राज्यले बढी नाफा लिएर काम गर्नेलाई थोरै दिएको भए गुनासो गर्नु स्वभाविक हो तर लगानीको तुलनामा गतवर्ष सरकारले पाएको साढे पाँच प्रतिशतको लाभांश धेरै ठूलो रकम होइन”, अर्थमन्त्री महतले भने, “कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनैपनि अनुचित हस्तक्षेप मबाट हुँदैन ।

    तर राज्यको लगानी भएको संस्थामा अर्थमन्त्रालयले जिम्मेवार भएर निगरानी गर्छ ।” पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको पनि उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ