Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखाको १८ औं बार्षिक साधारण सभा 


ग्लोबल पाना
शनिबार, माघ १३ २०८०
  • 323
    SHARES

  • images
    नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखाको १८ औं बार्षिक साधारण सभा 

    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखाको १८ औं बार्षिक साधारण सभा सनिवार पोखरामा सम्पन्न भएको छ । सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभयो ।

    images
    images
    images

    पौडेलले रेडक्रसले सामाजिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको  उल्लेख गर्नुभयो। सामाजिक संघ संस्थाले  समाजमुखी र समाजको चाहना र आबश्यक्ता मुताबिक आफ्ना गतिविधि संचालनमा ध्यान दिनुपर्ने भन्दै उहाले रेडक्रसको बिश्वब्यापी मानबिय सेवा उल्लेखनीय भएको बताउनु भयो।

    सभामा संस्थाका पूर्ब सभापति  तिर्थराज अधिकारी, निबर्तमान सभापति झपिन्द्रराज रेग्मी, रेडक्रस कास्कीका उप -सभापति उर्मिला खड्का, रेडक्रस पोखरा १७ का समन्वयकर्ता पार्बती कार्की, पोखरा महानगर पालिका वडा न १७ का  अध्यक्ष राधिका शाही, जेष्ठ नागरिक मन्च पोखरा १७ का अध्यक्ष टोपराज ढुङ्गाना, समाजसेवी हरि प्रसाद बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सभामा उप सचिब नारायण अधिकारीले  उप शाखाको बार्षिक प्रगति प्रतिबेदन सहित आगामी बर्ष आयोजना गरिने कार्यक्रमको  योजना प्रस्तुत गर्नु भएको थियो। सभाले कोषाध्यक्ष शिबराम भण्डारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पारित गरेको थियो।

    नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखा सभापति हरि प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, उप सभापति  रबिन्द श्रेष्ठले रेडक्रसका सात सिद्धान्त बाचन, स्वागत उप सभापति लक्ष्मी अधिकारी र  संचालन सचिब  चुडामणी  बरालले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ