Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पुरु लम्सालको चेतनामूलक सडकनाटक `कामकुरो´ को प्रदर्शन हुँदै


ग्लोबल पाना
आइतबार, माघ १४ २०८०
  • 326
    SHARES

  • images
    पुरु लम्सालको चेतनामूलक  सडकनाटक `कामकुरो´ को प्रदर्शन हुँदै

    काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु हुने भएको छ । आज आइतबार माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो ।

    images
    images
    images

    पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक ’कामकुरो’को प्रदर्शन आज गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा विहान १०ः ३० र जनहित मा.वि. महाकाँलमा दिउँसो २ बजे प्रदर्शन हुने भएको छ । त्यस्तै, भोलि माघ १५ गते बालविकास मा.वि. फलामेटार र धार्ने ज्योति मा.वि.धार्ने, मा १६ गते भृकुटी मा.वि. सौरे र कुमारी मा.वि. जगथली, माघ १७ गते शारदा मा.वि. देउराली र १८ गते जनविकास मा.वि. ताल्ढुङ्गामा नाटक प्रदर्शन हुनेछ ।

    नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर परियार, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ । नाटकमा उपभोक्ता समितिको विषयमा, बालविवाह, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, र विशेष गरेर स्थानीय उत्पादनमा जोड दिनु पर्छ भन्ने विषयलाई समेटिएको छ ।

    वैदेशिक रोजगारीका लागि विदेशीएर नेपाल फर्किएका युवाहरुले सिकेको सिपलाई प्रयोग गरी स्वदेशमा नै केही गर्नुपर्छ र गर्न पनि सक्छन् भन्ने यो नाटकले सन्देश दिएको छ । साथै,अहिले अधिकांश अभिभावकहरुले आफ्नो बालबच्चाहरुलाई समय दिएको देखिदैन ।

    जसले गर्दा उनीहरुको स्वास्थ्य देखि शिक्षासम्म असर परिरहेको हुन्छ । त्यसैले अभिभावकहरुले किशोरकिशोरीहरुका लागि समय दिनु अतिआवश्यक छ भन्ने विषयलाई पनि नाटकमा समेटिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ