Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

इभी गाडीमा प्रयोगकर्ताको आकर्षण बढ्याे मात्रामा


ग्लोबल पाना
आइतबार, माघ १४ २०८०
  • 579
    SHARES

  • images
    इभी गाडीमा प्रयोगकर्ताको आकर्षण बढ्याे मात्रामा

    पोखरा । इलेक्ट्रोनिक गाडिको प्रयोगले देशमै उत्पादन भएको विद्युत खपत भै इन्धनबाट बाहिरिने पूँजी रोकिने भएकाले इभी गाडीको प्रयोगलाई सरकारले सहुलियत दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्वदेशी पुँजीलाई विदेशीनबाट जोगाउने भएकाले राज्यले इभी प्रयोगकर्ता लाई प्रोत्साहन गर्नुपर्ने पोखरामा आयोजित एक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।

    images
    images
    images

    सार्वजनिक यातायातको क्षेत्रका प्रवुद्ध समुहको आयोजनामा वर्तमान अवस्थामा “विद्युतीय गाडीको प्रवेश र चुनौती राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडि” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राज्यले इभी प्रति लगानीमैत्री नीति लिएर उपभोक्तालाई प्रोत्साहन गर्न सके राष्ट्रिय हितमा हुने विचार राखेका हुन् ।

    नेकपा एमालेकी नेतृ तथा प्रतिनिधि सभा सदस्य विद्या भट्टराइले इभी गाडीको प्रयोगले वातावरण र अर्थतन्त्रलाई समान रुपमा फाइदा रहेकाले यसको प्रयोगमा जोड दिनुपर्ने बताइन । “अहिले क्ल्याइमेट क्राइसिसको अवस्था छ, इभी गाडीहरुले वातावरणलाई पनि असर नगर्ने भएकाले यसको प्रयोगमा सहजता ल्याउँदै सरकारले स्वदेशी पुँजी संरक्षणकाभ लागि प्रयासको थालनी गर्नुपर्छ ”उनले भनिन् ।

    “अहिले इभिको व्यापक चर्चा भइरहेको छ । यसका फाइदा वेफाइदाको विषयमा पनि कुरा उठिरहेको छ । यसको गहन अध्ययनसँगै दीर्घकालिन फाइदा हुने गरी नीति नियम खाँचो देखियो, म पनि अध्ययन गरेर सकारात्मक पहल गर्ने छु । ” कार्यक्रममा अर्काे प्रतिनिधि सभा सदस्य शिव नेपालीले वर्तमान समयमा इभिको प्रयोग राष्ट्रिय हितका लागि भएकाले यसमा राज्यले ध्यान दिनुपर्ने विषयमा आफुले संसदमा कुरा उठाउने बताए ।

    नेपाल यातायात व्यवसायी महासंघका केन्द्रिय सचिव भानु बरालले पुराना गाडिको व्यवस्थापन गरेर इभि प्रयोगका लागि सरकारले गर्नुपर्ने प्रयास पर्याप्त नभएको बताए । उनले भने “सबै तवरले इभि गाडि उपयुक्त छ, तर सरकारले लगानीमैत्री वातावरण तयार गर्ने स्पष्ट नीति ल्याउन सकेको छैन ।” देशको पुँजी बजार संकटको अवस्थामा रहेको जनाउँदै देशको आर्थिक समृद्धिका लागि इभिको प्रयोग आजको आवश्यता भएको उनको भनाइ थियो ।

    जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले पुराना इन्धनवाला गाडि भन्दा पछिल्लो समय बजारमा आएका इभीमा प्रविधिको प्रयोग भएकाले ट्राफिक व्यवस्थापनमा पनि सहजता हुनुका साथै दुर्घटना पछिको अनुसन्धानमा पनि सहयोग पुग्न सक्ने विश्वास व्यक्त गरे । उनले हरेक नागरिकको स्वस्छ वातावरणमा बाँच्न पाउने अधिकार भएकाले इभीको प्रयोग वातावरणमैत्री र स्वास्थ्यका दृष्टिले पनि उपयुक्त रहेको धारणा राखे ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ इभी वातावरणमैत्री भएकाले पर्यटकीय सहरहरुमा यसको प्रयोगमा जोड दिनुपर्ने बताए उनले लगानी कर्तालाई प्रोत्साहन हुने नीति ल्याउने सके इभिको प्रयोग सकारात्मक परिवर्तन ल्याउने भनाइ राखे । पृथ्वी राजमार्ग यातायाता प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले इभि गाडि प्रति यातायात व्यवसायी निकै सकारात्मक रहेको र यसको सन्दर्भमा कर, आयात, भन्सारसँगै लगानीमैत्री नीति निर्माण आवश्यक भएको बताए ।

    प्लगइन अटोमोबाइल्स प्रालिका अध्यक्ष प्रकटकुमारले विश्व बजारमा नै पछिल्लो समय इभिको प्रयोगमा मानवीय रुचि बढेको जनाउँदै नेपालजस्तो मुलुकका यसको प्रयोगले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । नेपालमा इभीप्रति उपभोक्ताको आकर्षण व्यापक छ तर सरकारले बेला बेला कर बढाउने र त्यसको अभ्यासले अन्योल सिर्जना भएको छ, उनले भने । कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेल केसी, पश्चिमाञ्चल अटो मोबाइल्स डिलर एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष पवन प्रजापति लगायतले इभि गाडि समयको माग भएको जनाउँदै कानुनी अड्चन हटाएर सहज वातावरणका लागि आवश्यक नीतिको खाँचो औल्याए ।

    कार्यक्रममा सहभागीहरुले वर्तमान अवस्थामा इलेक्ट्रोनिक गाडिका फाइदा र वेफाइदाका विषयमा पुजा कन्स्ट्रक्सन नेपाल प्रालिका इभि डिभिजन विजिनेस हेड ज्ञान प्रसाद शर्माले स्पष्ट पारेका थिए भने सर्भिस इन्जिनियर नजाम द्धारा इभि प्रयोगबारे प्रस्तुती राखेका थिए । सो अवसरमा प्रदुषण रहित आरामदायी सुविधायुक्त विद्युतीय सवारीसाधन ११ सिटे १४–१६ सिटे, २१ –२५ सिटे एसआरएम र स्काइवेलको इभी भ्यानको लागि आधिकारिक विक्रेता प्लगइन अटोमोबाइल्सको सोरुम उद्घाटन गरिएको थियो । एसआरएम र स्काइवेलका इभी भ्यानहरु बिक्रीवितरणका लागि सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याइएको प्लगइनका प्रवन्ध निर्देशक ओम उपाध्यायले जानकारी दिए ।

    नेपाल सरकारले ३ वर्ष अघि देखि प्रभावकारी रुपमा प्रदुषण रहित सवारी संचालनमा जोड दिदै भौतिक योजना तथा यातायात मन्त्रालय जनसंख्या तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय समेतबाट पहल गरी चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधन संचालन व्यवस्थापनमा बजेट वत्तब्य मार्फत नितिगत निर्णय गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ