Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दरबार हत्याकाण्डमा म र मेरो परिवारलाई घातक प्रहार गरियो : पूर्वराजा शाह


ग्लोबल पाना
आइतबार, माघ १४ २०८०
  • 265
    SHARES

  • images
    दरबार हत्याकाण्डमा म र मेरो परिवारलाई घातक प्रहार गरियो : पूर्वराजा शाह

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको बारेमा नेपालीको मनमा भ्रम फैलाइएको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले आम नेपालीको मनमा आफ्नो परिवारबारे भ्रम छरेर नकारात्मक भावना फैलाइएको र आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको बताए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले राष्ट्र प्रेम र राष्ट्र हितको भावना कायम नरहँदा आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर गरे । उनले बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको समेत बताए ।

    उनले भने ‘हामी देश मै छौँ , आज पनि देश मै रहेर हामीले देशको गौरवगाथा गाइरहेका छौँ । अहिले पनि देशको सर्वाङ्गीण उन्नति होस् , भेदभाव रहित ढङ्गले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ