Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘नेपाल अन्तरराष्ट्रिय पर्यटन मेला’ जेठ तेस्रो सातामा हुने


ग्लोबल पाना
सोमबार, माघ १५ २०८०
  • 260
    SHARES

  • images
    ‘नेपाल अन्तरराष्ट्रिय पर्यटन मेला’ जेठ तेस्रो सातामा हुने

    काठमाडौं । निजी क्षेत्रको आयोजनामा ‘नेपाल अन्तरराष्ट्रिय पर्यटन मेला’ हुने भएको छ । ‘समिट इभेन्ट एन्ड मार्केट’को आयोजनामा नेपालमा रहेका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले पहिलोपटक ‘नेपाल अन्तरराष्ट्रिय पर्यटन मेला’ आयोजना हुन लागेको हो । 

    images
    images
    images

    नेपालको पर्यटन क्षेत्रलाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्नका लागि आगामी जेठ १८ र १९ गते मेला आयोजना गर्न लागिएको मेलाका आयोजक विष्णु पाण्डेले जानकारी दिए । मेलाले नेपालको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ ।

    मेलालाई सफल बनाउनका लागि आज पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसँग आयोजकले छलफल गरेको छ । छलफलमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    मेलामा विदेशी कक्षसहित नेपालका सातै प्रदेशका प्रदेशअनुसार कक्ष रहने छन् । भृकुटीमण्डपमा हुने उक्त मेलामा एक सय २५ भन्दा बढी कक्ष रहने अर्का आयोजक शिशिर खनालले जानकारी दिए । मेलामा राखिने कक्षका लागि छिमेकी मुलुक भारत र चीनसहित माल्दिभ्स, मलेसिया, बङ्गलादेश र थाइल्यान्डले कक्ष बुकिङ गरिसकेको आयोजकले जनाएको छ ।

    मेलामा विभिन्न देशका दुई सयभन्दा बढी विदेशी पर्यटन कम्पनीको सहभागिता रहने बताइएको छ । छलफलमा नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईं, महासचिव कुमारमणि थपलिया, ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का उपाध्यक्ष सङ्घर्ष विष्ट, ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलालगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवं  प्रतिनिधिको सहभागिता थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ