बाँके । नेपालगञ्ज नगरपालिका भवानीपुर वडा नं १४ ले एक कार्यक्रम गरि जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसमलाई मध्यनजर गर्दै नेपालगञ्ज नगरपालिका वडा नं. १४ का समाजसेवी वडा अध्यक्ष महजर अली साइले वितरण गर्नु भएको हो ।
१४ नं. वडामा बसोवास गर्ने ६० जना जेष्ठ नागरिकलाई जाडोवाट बच्नको लागि कम्बल वितरण गरिएको वडा अध्यक्ष साइ बताउनुहुन्छ । उहाँले वाँकी रहेका जेष्ट नागरिक र पूर्ण अपङगता भएका नागरिकलाई केहि दिनमा फेरी पनि कम्मल वितरण गर्ने बताउनु भएको छ ।
१४ नं वडाका वडा अध्यक्ष साइले वडाका सम्पूर्ण जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई सम्मान र सहयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्नु पर्ने आवश्यक रहेको बताउनुहुन्छ । वडा अध्यक्ष साइले वडाबासीहरुलाई समस्या परेको बेला यस्ता राहतका सामाग्री विवतरण गर्दै आउनु भएको थुप्रै उदाहरणहरु छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


