Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जेष्ठ नागरिक समस्याप्रती राज्यका निकाय उदासिन नहोउन :  जिसस प्रमुख पौडेल 


ग्लोबल पाना
सोमबार, माघ १५ २०८०
  • 411
    SHARES

  • images
    जेष्ठ नागरिक समस्याप्रती राज्यका निकाय उदासिन नहोउन :  जिसस प्रमुख पौडेल 

    पोखरा । जिल्ला समन्वय समिति कास्कीले जेष्ठ नागरिकसंग अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका  प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरूले राज्यद्वारा प्रदान गरिएका सेवा सुबिधा प्राप्त गर्ने सहज बाताबरण निर्माण गर्न सरोकारवाला निकायहरूलाइ आग्रह गर्नुभयो।

    images
    images
    images

    राज्यद्वारा प्रदान गरिएका स्वास्थ्य बिमा, सामाजिक सुरक्षा  भत्ता, यातायात सहुलियत सहितका अन्य सुबिधा प्राप्त गर्न  कठिनाइ भएको गुनासो बढेको भन्दै पौडेलले स्थानिय तह र सरकारका सेवा प्रबाहको तरिका जेष्ठ नागरिक मैत्री बनाउन  आग्रह गर्नुभयो ।

    स्वास्थ बिमाको सुबिधा  प्राप्त गर्दा केही अस्पतालहरूमा जेष्ठ नागरिकले हैरानी ब्यहोर्नु पर्ने अबस्थाको तत्काल अन्त्य गरौं, सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकले सहज रूपमा प्राप्त गरून्, उहाँको भनाइ थियो । यातायातका साधनमा भाडामा पचास प्रतिशत छुट दिने सहित जेष्ठ नागरिक सिट सुबिधा दिन कन्जुस्याइँ भएको गुनासो छ, सबै सेवा सुबिधा  निर्बाध जेष्ठ नागरिकको पहुँचमा हुनु पर्ने भन्दै सबै सेवा प्रवाह गर्ने निकायहरू सतर्कता साथ लाग्न पौडेलले आग्रह गर्नुभयो।

    जेष्ठ नागरिक ज्युदा इतिहास र आदर्श भएको हुँदा उहाँहरूको संरक्षण र हेरचाहका  लागि बनेका ऎन कानुनको बलियो कार्यान्वयनका सन्दर्भमा कास्कीबाट उदाहरण प्रस्तुत गर्नुपर्ने बताउनु भयो।  उहाँले जेष्ठ नागरिक समस्याप्रती राज्यका  जिम्मेवार  सरकारी र गैर सरकारी न निकायलाई  उदासिन नहुन आग्रह गर्नुभयो । जिल्ला समन्वय अधिकारी नवराज बरालले जेष्ठ नागरिकका सन्दर्भमा बनेका ऎन कानुन र कार्यान्वयनमा देखिएका समस्या चुनौतीका बारेमा प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा निबृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छबिलाल आचार्य, पूर्ब कर्मचारी परिषद कास्कीका अध्यक्ष नरहरि बराल, जेष्ठ नागरिक मंच पोखराका अध्यक्ष भुपेन्द्र गिरि, अगुवा जेष्ठ नागरिक सेवा  निबृत्त कर्मचारी टोपराज ढुंगाना, सामुदायिक सेवा केन्द्रको तर्फबाट मोति गिरि, राष्ट्रिय महिला अधिकार मंचका सल्लाहकार राधा गौतम, राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य गुमान सिंह कार्की, राष्ट्रिय जेष्ठ नागरिक महासंघ गण्डकीका सचिब इच्छा बहादुर वाग्ले, इन्सेक पोखराका प्रमुख शिव खकुरेल,गैर सरकारी संस्था महा संघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, राष्ट्रिय मानव अधिकार आयोग पोखरामा प्रमुख माया शर्मा सहितले जेष्ठ नागरिकले भोग्नु परेका समस्याका बारेमा बोल्नुभएको थियो।

    कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू, स्थानीय तह, प्रदेश र संघ सरकारका सेवा प्रबाह गर्ने निकाय, जेष्ठ नागरिक सम्बन्धि संघ संस्थाका प्रतिनिधि  र जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।

    जिल्ला समन्वय समिति कास्कीका  प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ